Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवन रत्ननगर नगरपालिकास्थित एक निजी विद्यालयको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको घटनाले यतिबेला सामाजिक सञ्जालहरुमा सनसनी मच्चाएको छ । १४ वर्षीया बालिकाले आत्महत्या गरेको विषयलाई संशयपूर्ण मानिए पनि पोष्टमार्टम रिपोर्टले आत्महत्या ठहर्याएको छ । यद्यपी घटनाको थप अनुसन्धान भने प्रहरीले जारी नै राखेको छ ।

शालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर बनेको थियो । यसबारे अनेकन शंका र आशंका पनि उब्जिन सुरु भइरहँदा त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘पीडित परिवारले दाबी गरेको जस्तो बलात्कार वा यौनजन्य गतिविधि भएको देखिएन । रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) भनिएको छ । रिर्पाेट हेर्दा पासो लगाएर आत्महत्या गरेको निचोडमा पुगिएको छ ।’ झुन्डिएर आत्महत्या गरेको भनिएकी शालीनको यौनाङ्ग र गालामा कसरी चोट ? प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको थियो । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो ।

गत १२ फागुनमा विद्यालयको छात्रावासको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले काठमाडौं शव ल्याएको थियो । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलकी छोरी शालीन २ वर्षयता चितवनमा बसेर पढ्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया