मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को उपाधि वैभव गुप्ताले जितेका छन् । आइतबार भएको फिनालेमा वैभव विजेता घोषित भएका हुन् ।

वैभवले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ र एक ब्रेजा कार पाए । फर्स्ट रनरअप शुभदीप दास, सेकेन्ड रनरअप पियुष पन्वार बन्दा र अनन्या पाल थर्ड रनरअप घोषित भए । नेपालकी मेनुका पौडेलले पनि इन्डियन आइडलमा सहभागी जनाएकी थिइन् ।

तर, उनी शीर्ष १० सम्म मात्रै अटाउन सकिन् । यसपटकको शोको जजको रुपमा विशाल ददलानी, श्रेया घोषाल र कुमार सानु रहेका थिए । फिनालेमा सोनू निगम र नेहा कक्कडलाई विशेष जजको रुपमा बोलाएको थियो ।

तपाईको प्रतिक्रिया