Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धरमराइरहेको सत्ता गठबन्धन अन्ततः भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो । गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बनेको छ । यद्यपि यसमा राप्रपा भने समेटिएको छैन ।

प्रतिनिधि सभामा एमालेका ७७, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ ।

नयाँ सत्ता समीकरण निर्माणसँगै धेरैलाई जिज्ञासा भएको विषय हो, प्रचण्ड कतिन्जेल प्रधानमन्त्री हुन्छन् ? ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको आन्तरिक सहमति भएको हुनसक्ने अनुमान समेत गरिएको छ । तर, एमाले स्रोतका अनुसार आलोपालो प्रधानमन्त्रीको कुनै पनि समझदारी भएको छैन ।

ओलीले संसद्को बाँकी कार्यकालभित्र आफू पनि प्रधानमन्त्री बन्नुपर्ने भनेर दाबी नराखेको स्रोतको भनाइ छ । त्यसैले, यदि बिचमा फेरि कुनै उथलपुथल भएन भने प्रचण्डले पाँच वर्ष अनवरत प्रधानमन्त्रीको कुर्सीमा बसेर रेकर्ड राख्न सक्नेछन् । तर, नेपालको राजनीतिमा कहिले के हुन्छ भन्न सकिँदैन ।

संसद्को तेस्रो शक्ति भए पनि प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गरेर आफ्नो सत्ता आयु लम्ब्याउन सफल भएका छन् । कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्रीमा उनको आयु अब १० महिना मात्र बाँकी थियो ।

त्यसपछि क्रमशः माधव नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा थिए । तर, आफूलाई सत्ताको चतुर खेलाडी साबित गर्दै प्रचण्डले फेरि एकपटक समीकरण बदलेर आफ्नो बालुवाटार बसाई लम्ब्याउने छनक देखाएका छन् ।

प्रदेश सरकारहरूमा भने आलोपालो गर्ने समझदारी भएको छ । कांग्रेसको मुख्यमन्त्री रहेका प्रदेशहरूमा सरकार परिवर्तन हुने छ । यसले फेरि एकपटक केन्द्रदेखि प्रदेशसम्म नयाँ अस्थिरताको सूत्रपात हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया