Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन् । सरकारमा कांग्रेसका ९, माओवादी केन्द्रका ४ जना मन्त्री छन् । नयाँ गठबन्धन बन्ने भएपछि आज एमालेबाट प्रमुख सचेतक पदम गिरीको सरकारमा जाने टुंगो लागिसकेको छ । माओवादी केन्द्र, रास्वपा र जसपाबाट एक एक जना मन्त्री जाने तय भए पनि को जाने भन्नेबारेमा टुंगो लागिसकेको छैन ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन् । माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने सम्भावना छ । यद्यपि कसलाई सरकारमा पठाउने भन्नेबारे अझै छलफलकै चरणमा रहेको माओवादीका एक पदाधिकारीले बताए ।

तपाईको प्रतिक्रिया