Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने भनिएका तर्कहरूमा बल पुगेको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरुबीच भएको छलफलपछि सत्ता गठबन्धन परिवर्तन हुने सम्भावना बलियो भएको हो ।

छलफलपछि नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु भएको छ । कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरूसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको हो ।

कांग्रेस बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित नयाँ विकल्प जान तयारी भएको एक माओवादी नेताले जानकारी दिए । ‘अब कांग्रेसको दस्ताबेजको कारणले नयाँ मोड लियो, अब मुख्यतया एमालेसँग सहकार्यको सहमति भएको छ,’ उनले भने, ‘अब नयाँ समीकरणमा कोको थपिन्छन् छलफल चल्दछ ।’

लामो गृहकार्यपछि आइतबार साँझ अबेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली दुई/दुई सहयोगी नेताहरूसहित बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि साथमा थिए ।

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका लागि भनिए पनि बैठकमा वैकल्पिक सरकार निर्माणको विषयमा छलफल भएको थियो । सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको छ ।

तपाईको प्रतिक्रिया