Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आफूलाई सामाजिक अभियन्ता दावी गर्ने युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु प्रकरणमा पोष्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए । आफूहरूसहित शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरी महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ ।

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । यता पक्राउ परेका गौतमले शालिनको न्यायको लागि आवाज उठाउँदा धरपकड भएको बताएका छन् ।

आफूहरूलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै रिहाइका लागि पहल गरिदिन पनि गौतमले आग्रह गरेका छन् । गत शनिबार एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको उल्लेख छ । यता उनको परिवारले अस्पतालको पोष्टमार्टम रिपोर्टप्रति आपति जनाएको छ ।

तपाईको प्रतिक्रिया