Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट चार युवकलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पक्राउ पर्नेहरुमा सर्लाहीको विष्णु गाउँपालिका-४ का २० वर्षीय सिद्धार्थकुमार सिंह, सोही ठाउँकै २१ वर्षीय आदित्यकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका-११ का २२ वर्षीय राम सेवक रामर पर्साको वीरगञ्ज महानगरपालिका-१५ का २४ वर्षीय आकाश साह सोनार छन् । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमो, भाइबर, टिकटक, इन्स्टाग्राम लगायत एपहरुको प्रयोग गरी उनीहरु ठगी गरेको गरेको भन्दै उजुरी परेको थियो ।

सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने र साथी बनाई कुराकानी गर्ने, त्यसपछि विभिन्न प्रलोभन देखाएर रकम माग गर्ने तथा डिपोजिट गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले महँगो ब्राण्डका मोबाइलहरु सस्तोमा खरिद बिक्री गर्ने बताउँदै भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै विश्वास दिलाएर ठगी गर्ने गरेका थिए ।

यसरी उनीहरुले ५ जनाबाट मात्रै ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो । उनीहरुले एटिएममार्फत पनि रकम भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया