Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उहाहरुबीच आज बिहान बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए।

संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्‌बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो। यसबीच प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको भन्ने चर्चा पनि नभएको होइन। सत्ता गठबन्धनभित्रको बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष पद आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले आफैँ राख्ने निर्णय गरेपछि झस्किएको छ।

भेटवार्तामा प्रचण्ड र ओलीबीच भएको वार्ताको विस्तृत जानकारी आउन भने बाँकी छ।

तपाईको प्रतिक्रिया