सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज नेदरल्यान्ड्स र नामिबिया खेल्दैछन् । खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ। शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ ।

चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ । तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्समध्ये फाइनल पुग्ने टिमले मंगलबार नेपालसँग उपाधिका लागि भिड्नेछन् ।

यसैबिच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ । त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ । यसअघिका भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया