Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् । अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् । वरिष्ठ अमेरिकी अधिकारीले दिएको जनाकारी अनुसार तटीय क्षेत्रमा महिनौंदेखि जारी युद्धपछि बढ्दो मानवीय सङ्कटको सामना गरिरहेका बेला सो सहायता पुर्याइएको हो ।

‘हामीले गाजामा संयुक्त मानवीय सहायता हवाई ड्रप सञ्चालन गरेका छौं । जसमा द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई राहत प्रदान गर्न अमेरिकी वायुसेनाको तीनवटा सी–१३० समावेश छ,’ अमेरिकी केन्द्रीय कमाण्डका एक जना अधिकारीले नाम नखुलाउने शर्तमा एएफपीलाई बताएका छन् ।

 

तपाईको प्रतिक्रिया