Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिकोणात्मक टि-२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । नेदरल्यान्ड्सले दिएको लक्ष्य १५.१ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो ।

अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ । हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४-४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । नेपालको रनरेट ०.२९ र नेदरल्यान्ड्सको ०.३० छ । नेदरल्यान्ड्सले भोलीको खेल हारेपनि रनरेटमा नेपाल कम्तिमा शीर्ष २ स्थानमा रहनेछ ।

३ टोलीको समान अंक हुँदा रनरेटमा नामिबिया वा नेदरल्यान्ड्समध्य १ टोलीभन्दा नेपाल नै अघि नै रहनेछ । नेदरल्यान्ड्सले जिते नेपाल उपविजेता बन्दै फाइनलमा पुग्नेछ । अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया