Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको घटना अनुसन्धानमा आफन्तले प्रहरीमाथि दबाब बढाइरहेका छन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल झुण्डिएको अवस्थामा होस्टलमा फेला परेकी थिइन् ।

सोही दिनबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। झुण्डिएको अवस्थामा फेला परे पनि उनको हत्या भएको आफन्तको दाबी छ । उनीहरुले हत्याकै आरोपमा जाहेरी पनि दिएका छन् । उनीहरुको जाहेरीपछि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् ।

उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए  । प्रहरीले घटनास्थलमा त्यसै दिन एउटा ‘सुसाइड नोट’ फेला पारेको थियो । ‘सुसाइड नोट’मा किशोरीले ‘सरी’ भन्दै उल्लेख गरिएको भेटिएको छ । उनले ‘सरी एभ्रिबडी, सरी ड्याडि ममी’ भनेकी छन् । तर त्यो सुसाइड नोट उनको भए नभएको यकीन गर्न फरेन्सिक ल्याबमा पठाइएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ ।  पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डीएसपी भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया