Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध गर्न लागिएको सो पार्टीले जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए । नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको छ । साथै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन् ।

बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया