Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बंगलादेशको राजधानी ढाकास्थित एउटा सात तले भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । आगलागीमा परेका उनीहरूलाई उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रिन कोजी कटेज नामक भवनमा आगलागी भएपछि ७५ जनालाई बाहिर निकालिएको थियो । जसमा ४२ जना बेहोश रहेका थिए । सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको जनाइएको छ ।

दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । आगलागीमा परेको भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल पसलहरू पनि रहेका थिए । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकलाई उधृत गर्दै अधिकारीहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया