Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

आफ्नै भाषामा नि:शुल्क परामर्श सेवा लिनुहोस !
विविध भाषा, धर्म, संस्कारजन्य भिन्नताका कारण जापानमा बिदेशीहरुले मानव अधिकार हननसंग सम्बन्धित बिभिन्न समस्याहरु भोग्नुपरिरहेको हुनसक्छ :-
उदाहरणका लागि जस्तै:-

० विदेशी भएकै कारण पसल/स्टोरको सेवा उपयोग गर्नबाट वन्चित हुनुपरेको ।
० अपार्टमेन्ट लिने बेला अस्वीकार गरियो ।
० विद्यालयमा बालबालिकाहरुलाई दुर्ब्यवहार गरिएको ।

प्रचलन र संस्कारजन्य भिन्नताका कारण भेदभावजन्य दुर्ब्यवहारबाट पीडित हुनुहुन्छ भने यो मानव अधिकार   हननसंग सम्बन्धित चिन्ताको बिषय हुन सक्छ ।
यदि तपाई मानव अधिकार हनन सम्बन्धि त्यस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने चिन्ता गरेर एक्लै नबस्नुहोस, तुरुन्त परामर्श सेवा लिन अनुरोध गर्दछौं ।
जापानको कानूनी मामिला ब्यूरोले मानव अधिकार हनन सम्बन्धि परामर्श सेवा तपाईको आफ्नै नेपाली भाषामा उपलब्ध गराएको छ ।

मानव अधिकार हननसंग सम्बन्धित परामर्श सेवा काउन्टर मार्फत, टेलिफोन मार्फत र इन्टरनेट मार्फत उपलब्ध छ ।

मानव अधिकार हननसंग सम्बन्धित परामर्श काउन्टरमा समस्याको प्रकृति अनुसार समाधान उदाहरणका लागि, निम्न सहयोग सम्भव छ।

– पीडित र सरोकारवला पीडक पक्ष बीच छलफलका लागि मध्यस्थता गर्ने
– पीडक पक्षलाई ज्यादती बन्द गर्न आग्रह गर्ने
– कानूनी उपचारमा जानुपर्ने भएमा सो बारेमा बिषयगत जानकारसंग परिचय गराईदिने ।

・ परामर्श गन्तव्य
・इन्टरनेट परामर्श
तपाईं अनलाइन मानव अधिकार बारे परामर्श गर्न सक्नुहुन्छ। यदि तपाइँ तपाइँको नाम र तपाइँको परामर्श को विवरण संग परामर्श फारम भर्नुभयो र बुझाउनु भयो भने, तपाइँ नजिकैको कानूनी मामिला ब्यूरो बाट ईमेल वा फोन मार्फत प्रतिक्रिया प्राप्त गर्नुहुनेछ। अनलाइन परामर्श कुनै पनि समय र जहाँबाट उपलब्ध छन्।

 

विदेशी भाषा इन्टरनेट मानव अधिकार परामर्श डेस्क:
https://www.jinken.go.jp/soudan/PC_AD/0101_np.html

・विदेशी भाषा मानव अधिकार परामर्श डायल:
जापानी भाषामा पर्याप्त दखल नहुनेहरुका लागि लक्षित गरी मानवअधिकार सम्बन्धि परामर्श सेवा उपलब्ध गराउन परामर्श लाइन (नाभी डायल) को ब्यवस्था गरेका छौं । देशको जुनसुकै ठाउँबाट यस नम्बरमा फोन गरेर तपाईले मानव अधिकार सम्बन्धि परामर्श सेवा प्राप्त गर्न सक्नुहुने छ।

टेलिफोन नम्बर:0570-090911
फोन उठ्ने समय: सोमबारदेखि शुक्रबारसम्म (वर्षको अन्त्य र नयाँ वर्ष बिदा बाहेक)

उपलब्ध भाषा:
अंग्रेजी, चिनियाँ, कोरियाली, फिलिपिनो, पोर्चुगिज, भियतनामी, नेपाली, स्पेनिश, इन्डोनेसियाली र थाई

・हेल्पडेस्क परामर्श
जापान भरिका कानूनी मामिला कार्यालय/स्थानीय (क्षेत्रीय) कार्यालयहरूमा जापानी भाषा राम्ररी बोल्न नसक्ने व्यक्तिहरूका निम्ति मानव अधिकार सम्बन्धि परामर्श प्रदान गरिन्छ ।
(८० भाषामा परामर्श सेवा सुबिधा उपल्ब्ध छ)

राष्ट्रिय कानून कार्यालय र स्थानीय क्षेत्रीय कार्यालय
फोन उठ्ने समय: सोमबारदेखि शुक्रबारसम्म (वर्षको अन्त्य र नयाँ वर्ष बिदा बाहेक)

लिंक (गन्तव्य)
विदेशी भाषा मानव अधिकार परामर्श पर्चा:
https://www.moj.go.jp/content/001315917.pdf

 

तपाईको प्रतिक्रिया