Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् । राती आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले महानगरको ज्यादती कहिलेसम्म, साङघाकि आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो । महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया