Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण कोरियामा आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए सरकारले अनुमति पत्र रद्द गर्ने चेतावनी दिएको छ। उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको हो। तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।

देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन्। विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ। त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ।

दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ। आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाको मूल्य निकै कम तोकिएको छ। जबकि कस्मेटिक सर्जरी लगायतको मूल्य निकै उच्च रहेको छ। यसले डाक्टरहरू ठुला सहरका आकर्षक स्थानमा काम गर्न आकर्षित बनेका छन्। यही कारणले ग्रामीण क्षेत्रमा डाक्टरहरूको कमी देखिएको छ। दक्षिण कोरियामा डाक्टरहरूलाई राम्रो तलब सुविधा दिए पनि काम गर्ने समयको तुलना गर्दा उनीहरूले न्यूनतम तलबभन्दा पनि कम आम्दानी गरिरहेको तर्क गर्छन्।

२५ वर्षीय डाक्टर रायू ओके हाडाले आफूले हप्तामा १ सय घण्टाभन्दा बढी काम गर्ने गरेको सुनाए। उनका अनुसार कहिलेकाहीँ आफूले नसुती ४० घण्टासम्म काम गर्ने गरेको बताए।

 

तपाईको प्रतिक्रिया