समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदी भने स्थिर रहेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।