Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सावित्रा भण्डारी ‘साम्बा’ साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने बताएको हो ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने भएकाले उनी फाइनल खेलमा उपलब्ध नहुने जानकारी दिएको छ । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।

नेपालले बिहीहिबार जोर्डनविरुद्ध हुने फाइनल खेल्दैछ । खेल नेपाली समयाअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । सावित्राले जारी वाफ प्रतियोगितामा ९ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

तपाईको प्रतिक्रिया