Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग-अलग जिम्मेवारी तोक्ने गरी इन्चार्ज हेरफेर गरेको हो ।

यसअघि भदौमा चार महिने विशेष रूपान्तरण अभियान सञ्चालन गर्न इन्चार्ज हेरफेर गरेको थियो । नयाँ जिम्मेवारीअनुसार, कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्ज सावित्रीकुमार काफ्ले, मधेसको इन्चार्जमा सचिव लिलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साह नियुक्त भएका छन् ।

बागमती प्रदेशको इन्चार्जमा उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई तोकिएको छ । बागमतीको सहइन्चार्ज खाली राखिएको पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष सापकोटाले बताए । स्थायी कमिटीले बागमतीको सहइन्चार्ज नारायण दाहाललाई बनाउने निर्णय गरेकोमा उपमहासचिव जनार्दन शर्माले फरक मत राखेपछि निर्णय सार्वजनिक नगरिएको हो ।

गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ । कर्णाली प्रदेशमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ भने सहइन्चार्ज बाँकी छ । सुदूरपश्चिमको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज तोकिएका छन् ।

विशेष प्रदेशमा हितमान शाक्यलाई इन्चार्ज र सहइन्चार्ज यशोधा सुवेदीलाई बनाउने निर्णय भएको छ । यसैगरी प्रवासअन्तर्गत मध्यपूर्वमा पम्फा भुसाल र युरोप-अमेरिकामा राम कार्कीले इन्चार्ज बनाइने भएको छ। भारतमा लक्ष्मण पन्त इन्चार्ज बनाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया