Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको मृत्युको कारणमा देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले मन्त्रीका कारण जनताको मृत्यु भएको अवस्थामा राजीनामा दिनुपर्नेमा जोड दिएका हुन्। गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै ओलीले मन्त्रीको कारण जनताको मृत्यु भएको  अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन्। उनले भने,’हिजोका दिनमा एमालेका मन्त्रीहरूले सामान्य कुरा गर्दासमेत राजीनामा दिएको अवस्था छ। शेरबहादुर तामाङ, गोकुल बास्कोटा, हरि पराजुलीलगायतले विवादमा आएपछि राजीनामा दिएको अवस्था थियो। तर, अहिले घटनामा मुछिएपछि राजीनामा आउनुपर्ने हो।’

मन्त्रीको राजीनामा एमालेको बटमलाइन नभएको प्रस्टाउँदै उनले भने,’क्याविनेट मन्त्रीको कारण घटना भएको छ। क्याविनेट मन्त्रीको दोष हो। उहाँका कारण यत्रो मान्छे मर्ने घटना भयो। फेरि पनि उहाँ निर्लज्ज भएर झण्डा हल्लाएर हिँड्न मिल्छ? उहाँले राजीनामा गर्नुपर्दैन?’  त्यसैगरी, अध्यक्ष ओलीले अर्को एक प्रसंगमा गठबन्धन सरकार फेर्न खेलमा एमाले नरहेको बताएका छन्। अध्यक्ष ओलीले अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने यस्तो खेलमा एमाले नरहेको बताएका हुन्। उनले भने, ‘हामी मिसन ८४ मा केन्द्रित छौं। मुलुकको विकास गर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएकाछन्। जनतामा निराशा छ। त्यसलाई आशामा बदल्नु छ। प्रतिपक्षमा रहेको अवस्थामा हामीले गठबन्धन सरकारलाई सुझाव दिँदै आएका छौं। तर गठबन्धनले हाम्रो सुझाव सुनिरहेको छैन।’

नेपाली कांग्रेस सरकार सत्ता टिकाउन लालायित रहेको समेत ओलीको आरोप छ । उनले भने,’कांग्रेस अब पुरानो अवस्थामा रहेन। पहिलेको जस्तो कांग्रेस छैन। थोत्रो भएको छ कांग्रेस।’ कांग्रेसले संविधान संशोधनको विषयअघि बढाउनुलाई उनले हावामा प्रहार(ब्लाइन्ड फायर) गरेको रुपमा लिएको बताए। अध्यक्ष ओलीले भने,’संविधान संशोधन गर्नका लागि परिस्थितीलाई संभव बनाउने गरी, विषयगत मुद्दा चाहियो। ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ। कांग्रेसले प्रतिगामी सोचका साथ अघि बढी रहेको छ। त्यसले पनि हामी साथमा हुँदैनौँ। प्रतिगामीलाई के मा सहयोग गर्नुपर्ने?’

संविधान संशोधन गर्नअघि बढेको कांग्रेसले आफ्नो हैसियत बिर्सिएको अध्यक्ष ओलीले बताए। उनले भने,’संविधान संशोधन आवश्यक हुनसक्छ। तर संविधान संशोधन जे मा गर्नुपर्ने हो त्यसका लागि हाम्रो स्ट्रेन्थ पुग्दैन। त्यस कारण अहिले हामी संविधान संशोधनको चर्चा गर्दैनौं।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया