Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कुनैपनि हालतमा धरानमा विमानस्थल बनाउने घोषणा गरेका छन् । नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने उनको दाबी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रूपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको छ ।

मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने बताएका हुन् । ‘तेरो नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउनेछौँ १ ज्यादा नखोक् १ संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु.’ उनले लेखेका छन् । संविधान संशोधन गर्न सकिने भन्दै उनले हवाई नीति पनि परिवर्तन गरेर धरानमा विमानस्थल बनाइ छाड्ने मेयर साम्पाङले घोषणा गरेका छन् ।

 

तपाईको प्रतिक्रिया