Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा भेप प्रतिबन्धित छ ।

पक्राउ परेकाहरू खातिमा (उत्तराखण्ड) निवासी अहमद रफी र तस्लीम रहेको समाचारमा उल्लेख छ । उनीहरूको साथबाट भारु ४५ लाखभन्दा बढीको ई–चुरोट र तीन किलोभन्दा बढी गाँजासहित एउटा कार पनि बरामद भएको अमर उजालाले रउल्लेख गरेको छ । आरोपितले ई–चुरोट नेपाल हुँदै दिल्ली–एनसीआर ल्याउने गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

पक्राउ परेका दुवैले नेपालबाटई–चुरोटको खेप लिएर सडक मार्ग हुँदै दिल्ली–एनसीआर ल्याएको बताएको समाचारमा उल्लेख छ । समाचारअनुसार नेपालमा रहेका रिंकुले चीनबाट ई–सिगरेट अर्डर गरेर नेपालमा स्टक गर्ने र त्यहाँबाट भारतमा तस्करी गर्ने गरेका थिए ।

 

तपाईको प्रतिक्रिया