Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायक तथा संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि गरिएको छ । सोमबार अपराह्न उपचारका लागि अस्पताल लैजाने क्रममा ८२ वर्षको उमेरमा निधन भएका गायक आचार्यको मंगलबार दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यले दागबत्ती दिएका थिए भने नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिअघि भक्तराजको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । उनलाई श्रद्धाञ्जली अर्पण गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, अभिनेताहरु नीर शाह, हरिवंश आचार्य, हरिहर शर्मा, जितु नेपाललगायत पनि पुगेका थिए ।

गायक आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिने क्रममा संगीतकर्मीहरुले उनका कालजयी गीत गाएका थिए । ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’ र एक भजन गीत गाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । भक्तराजका दुई छोरा सत्यराज र स्वरुपराजले पनि पिताको गीत गाएर श्रद्धाञ्जली दिएका थिए । पिताको निधनको शोकले दुवै विक्षिप्त देखिएका थिए ।

घरमै अस्वस्थ भएपछि आचार्यलाई छोरा स्वरुपराजले ललितपुरको मेडिसिटी अस्पताल लगेका थिए । तर, अस्पताल नपुग्दै उनको बाटोमा निधन भएको थियो । यही दशैंको बेला लडेर टाउकोमा चोट लगेपछि आचार्य घरमै आराम गर्दै आइरहेका थिए । २०४६ मंसिर १९ गतेको एक घटनापछि उनको स्वर र सुर हराएको थियो । उनले आफ्नो जीवनकालमा ५ सय बढी गीत गाएका छन् ।

आचार्यको ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको’, ‘जति चोट दिन्छौ’ लगायत गीत कालजयी छन् । उनको जीवनीमा आधारित भएर फिल्म ‘आचार्य’ समेत बनेको छ । प्रशान्त रसाइली निर्देशित फिल्ममा आचार्यकै छोरा सत्यराजले बुबाको भूमिका निभाएका छन् । फिल्ममा आचार्यको संघर्ष जीवन, उनले भोगेका दुःख र उनले पाएको सफलतालाई प्रस्तुत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया