Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पिएचडी गरेको भन्दै नाम अगाडि डा. लेख्ने चितवनको कालिका नगरपालिका वडा नम्बर ५ स्थित भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । विशेष अदालतले शुक्रबार उनको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

कँडेलले वीरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (बिए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । कँडेल शिक्षक नेता पनि हुन् ।

२५ भदौ ०६३ मा तृतीय तहको शिक्षकबाट जागिर सुरु गरेका कँडेलको प्रवीणता प्रमाणपत्र तथा स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगको दाबी थियो । उनले भारतको मगध विश्वविद्यालय, बिहार बोधगयाबाट स्नातक तथा महाराष्ट्र स्टेट बोर्ड अफ पुनेबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनेर प्रमाणपत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएका थिए ।

१७ मे २००० मा उनले स्नातक उत्तीर्णको समकक्षता पेस गरेका थिए । सो समकक्षता नै जारी नभएको भनेर त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले आयोगलाई जानकारी गराएको थियो । त्यस्तै, चितवनको वीरेन्द्र क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेको उनको दाबी थियो । तर, भर्ना भए पनि उनी फेल भएको जवाफ कलेजले आयोगलाई गराएको थियो । दुईवटा शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । उनी नेपाली कांग्रेसको राजनीतिमा आबद्ध छन् ।

तपाईको प्रतिक्रिया