Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लेखा समितिको मंगलबारको बैठकमा यसबारे जानकारी दिंदै अख्तियार प्रमुख राईले टेरामक्स प्रकरणमा बयान सकेर प्रमाणको मूल्याङ्कन गर्ने काम भइरहेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याएर मुद्दाको चरणमा जाने बताएका हुन् । उनले भने, ‘बयान टुंग्याएका छौं । प्रमाणको मूल्याङ्कन गरिरहेका छौं । चाँडै मुद्दामा जान्छौं ।’

टेरामक्स खरिद प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्री तथा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ । स्वास्थ्यमन्त्री बस्नेतले सञ्चारमन्त्री छँदा अर्बौ मूल्य बराबरको टेरामक्स खरिदको निर्णय घुसाएर यसमा भ्रष्टाचार गरेको आरोप छ ।

बयान दिन नमानेका बेला अख्तियारले कडा रवैया देखाएपछि उनी टेरामक्स प्रकरणमा बयान दिन केही दिनअगाडि सुटुक्क अख्तियार कार्यालय पुगेका थिए । लेखा समितिको बैठकका क्रममा अख्तियार प्रमुख राईले अहिले अख्तियारमा २८ हजार उजुरी रहेको र कतिपय उजुरीबारे छानबिन गरी मुद्दा दर्ता गरिएको जानकारी गराएका थिए ।

भैरहवा र पोखरा विमानस्थलमा भएका अपचलनबारे पनि अख्तियारले छानबिन तीव्र रुपमा अघि बढाइरहेको छ । प्रमुख राईले वाइडबडी प्रकरणमा पनि अनुसन्धान भइरहेको जानकारी बैठकका क्रममा गराए । अख्तियार प्रमुख राईले अख्तियारमा जनशक्ति अभाव भएकाले पर्याप्त काम गर्न नसकिएको गुनासो पनि गरेका थिए ।

दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने टेरामक्स प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ । टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कूल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ ।

यस्तो प्रविधि भित्र्याउन सञ्चारमन्त्री रहेका बेला अहिलेका स्वास्थ्यमन्त्री बस्नेतले अर्बौ मूल्य बराबरको खरिदको निर्णय प्रक्रियाबिनै अघि बढाएका थिए । मन्त्री बस्नेत अहिले पनि सार्वजनिक कार्यक्रमहरुमा टेरामक्स प्रविधिको वकालत गरिरहेका छन् । लेखा समितिले भ्रष्टाचारको प्रकरणपछि टेरामक्स प्रविधिको सबै काम रोक्न निर्देशन दिएको थियो ।

अधिकारको दुरूपयोग भएको देखिएमा राज्यलाई हानी नोक्सानी हुने गरी कार्य गरे गराएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारवाहीको माग दाबीसहित कानुनबमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन समेत दिएको थियो ।

तपाईको प्रतिक्रिया