बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं – भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारले सडक दुर्घटनामा एकै पटक ज्यान गुमाएका छन् । भारतको बिहार राज्यस्थित कैमुरमा भएको एक डरलाग्दो सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकार गुमाएको हो ।

मृत्यु हुनेमा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी, भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक विमलेश पाण्डे र छोटु पाण्डे रहेका छन् । सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो । चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ ।

बिहारको कैमुरमा आइतबार साँझ देवकाली गाउँ नजिक जीटी रोडमा यो सडक दुर्घटना भएको थियो । सोमबार बिहान मात्रै मृतकहरूको सनाखत भएको थियो । आइतबार मोटरसाइकल, एसयूभी र ट्रक एक आपसमा ठोक्किएको थियो । यस घटनामा ९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया