Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउँदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो । त्यस्तैमलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए ।

नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुने छ ।

तपाईको प्रतिक्रिया