Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली युवाहरूको आकर्षण पछिल्लो समय दक्षिण कोरिया बनेको छ । कोरिया जान पछिल्ला वर्ष परिरहेको आवेदनले पनि यसलाई पुष्टि गरेको हो ।

दक्षिण कोरिया भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ । खाडी मुलुकमा जस्तो श्रमिकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । कोरिया सरकारले विभिन्न दुर्घटनामा परेका श्रमिकका लागि बिमाबापतको क्षतिपूर्ति दिने गरे पनि कुनै श्रमिकको असामयिक मृत्यु भएमा उनीहरूले कुनै राहत पाउँदैनथे । अब भने कार्यस्थलमा मृत्युवरण गरेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्ने कोरिया सरकारले निर्णय गरेको छ ।

अहिले नेपाली श्रमिकले मासिक ३ लाख ५० हजारदेखि पाँच लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । सुरक्षित गन्तव्य, कामको सुनिश्चितता श्रमिक र रोजगारदाताको कार्य सम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महिना), पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको इपिएस शाखाका निर्देशक कँडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल र कोरिया सरकारबिच कोरियामा काम गरिरहेका श्रमिकले आफ्नो करार अवधिमा कम्तीमा पनि एक पटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जस अनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् । कोरियाली भाषा उत्तीर्ण भएका सबैलाई कोरियाले श्रमिकका रूपमा लैजाने सुनिश्चित भने हुँदैन । रोजगारदाताको छनोटमा नपरेका केही युवा भाषा परीक्षामा सफल भए पनि कोरिया जानबाट वञ्चित हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए ।

अधिकारीका अनुसार इपिएस अन्तर्गत जाने नेपाली श्रमिकको औसत मासिक साढे ३ लाखदेखि ५ लाख नेपाली रुपैयाँ हुन्छ । कम्पनीको सुविधा र अतिरिक्त समय काम गर्ने अवसरमा नेपाली श्रमिकको आम्दानी फरक पर्ने इपिएसमार्फत कोरिया गएर काम गरेर फर्केका विकास पौडेलको अनुभव रहेको छ । इपिएसमार्फत दक्षिण कोरिया गएर चार वर्ष १० महिना काम गरेर फर्किएका कोरियामा काम गर्ने नेपालीले १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सम्भव भएको बताउँछन् ।

सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा १ लाख ६५ हजारभन्दा बढीको आवेदन गरेको छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी)ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ ।

त्यसैअनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा १ लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् । सोही अवधिमा ४ हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन् । दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ ।

इपिएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ । इपिएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कोरियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार आर्थिक वर्ष २०७९र८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार र चालु आव २०८०र८१ पहिलो सात महिनामा लगभग ९ हजार नेपाली इपिएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।

इपिएस कोरिया शाखाका अनुसार डेढ दशकको अवधिमा १ लाख पाँच हजार ९७३ नेपालीले दक्षिण कोरियामा रोजगारी पाएका छन् । जसमा ९६ हजार ७०५ पुरुष र ९ हजार २६८ महिला छन् । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत नेपाली श्रमिकलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको हो ।

तपाईको प्रतिक्रिया