बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – नेपाली अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था ईन्जाको आयोजनामा जापानको टोकियोमा नेपाली पत्रकारहरू भेला हुने भएका छन् । फेब्रुअरी २८ तारिखबाट सुरूहुने ‘ईन्जा टोकियो सम्मेलन २०२४’ का लागि नेपाल, अमेरिका, कोरिया, मध्यपूर्व एसिया, युरोप तथा विभिन्न मुलुकमा रहेका झन्डै २० जना नेपाली पत्रकारहरू सहभागी हुने भएका हुन् ।

कार्यक्रमको पहिलो चरणमा ईन्जा पदाधिकारहरूको भेला हुने छ भने २९ तारिख अपराह्न जापानी सञ्चार कर्मीहरूसँग छलफल हुनेछ । यस्तै १ तारिख शुक्रबार नेपाली समुदायसँग खुल्ला अन्तरक्रिया कार्यक्रम हुने ईन्जा ग्लोबल अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए ।

नेपाल सहित विदेशमा छरिएर विभिन्न फरक पेसा व्यवसायमा रहेका नेपाली पत्रकारहरूलाई एउटै मालामा गाँस्ने अभियान अनुरूप यसपटक टोकियो भेला आयोजना गरिएको कार्यक्रम संयोजक आनन्द कोइरालाले जानकारी दिए । ईन्जा स्थापनाको दिवस अवसर पारेर टोकियोमा कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया