बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुनौती अझै कायम रहेको बताए ।

बजेटमा जलविद्युत, पूर्वाधार, पर्यटन र सूचना प्रविधिको विकास, कृषिको आधुनिकीकरण तथा व्यावसायिकरण, निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको सरकारको तयारी छ ।

संसद्मा पेस भएको प्रि-बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय छ । प्रि-बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया