Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना महिला क्रिकेटरलाई मासिक पारिश्रमिक दिने गरि सेन्ट्रल कन्ट्रयाक दिएको छ । क्यानले ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच ग्रेडमा बिभाजन गरेर १९ खेलाडीलाई २०२४ को सेन्ट्रल कन्ट्रयाक दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यानाले ग्रेड ए मा पर्ने महिला खेलाडीको मासिक तलब ५० हजार, बी मा रहेका खेलाडीलाई ३५ हजार, सी मा रहेका खेलाडीलाई ३० हजार, डी मा रहेकाका खेलाडीलाई २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेकालाई २० हजार मासिक तलब दिने भएको छ ।

ग्रेड ए महिला टिमकी कप्तान इन्दु बर्मा, पूर्व कप्तान रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् । त्यसैगरी ग्रेड बी मा कविता कुँवर रहेकी छन् भने ग्रेड सी मा पुजा महतो र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यस्तै ग्रेड डी मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहेका छन् भने इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन रहेका छन् ।

तपाईको प्रतिक्रिया