Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काठमाडौं – लामो समयदेखि कोरिया बस्दै आएका एक नेपाली युवकको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १ करोड ३७ लाख रुपैयाँ चोरी भएको छ । बैंककै कर्मचारीले ग्राहकको खाताबाट पैसा निकालेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पैसा चोरी गर्ने वाणिज्य बैंकको वीरगञ्ज, पोखरिया शाखामा कार्यरत कर्मचारी रोहित कुमार ओझालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । ३१ वर्षिय ओझा बैंकका कनिष्ट सहायक हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । पक्राउ परेका कर्मचारी ओझाले आफैंले त्यसरी खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् ।

उनलाई नेपाल राष्ट्र बैंक अनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । एक ग्राहकको नगद मौज्जाद हेर्ने क्रममा ओझाले गल्तीबश कोरियामा रहेका ती युवकको खाता नम्बर इन्ट्री गरेका थिए । जसक्रममा खातामा दुई करोड रुपैयाँ भन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबार समेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए । त्यसका लागि कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन् ।

उनले खातावालाको नागरिकताको फोटोकपी लगायत बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाउने योजना बनाए । खातावालाको हस्ताक्षर केवाईसीबाट कपि गरेर कनेक्ट आइपिएसका लागि निवेदन दिएका थिए । सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर बैंक खाताबाट विभिन्न खातामा रकम ट्रान्सभर गरेका हुन् ।

कोरियामा रहेका खाताधनीले धेरै पटक पैसा निकालिसकेपछि मात्र थाहा पाएपछि उनका आफन्तले बैंकमा जानकारी गराएका थिए । बैंकको काठमाडौंको बानेश्वर शाखामा उनको खाता थियो । प्रारम्भिक छानबिन गर्दा बैंककै कर्मचारीको संलग्नता पुष्टि भएको हो । उनलाई अरुले पनि सघाएको प्रहरी आशंका छ । यसरी चोरी गरेको भन्दै धेरै रकम रोक्का राखिएको सिआइबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया