Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीचको मुद्दामा काठमाडौं जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार सगोलको सम्पत्तिको तीन भागको एक भाग निशाले पाउने फैसला गरेको हो ।

निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको छ । अंश नपाउँदासम्म मानाचामल बापत बादीहरू (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको छ ।

तर नाता सम्बन्ध र अंशियारमा उनीहरुबीच विवाद देखिएको छैन । सूचना अधिकारी पन्थीका अनुसार शरदले माथिल्लो अदालतमा फैसलालाई लिएर पुनरावेदन गर्न पाउनेछन् । न्यायाधीश शिशिरराज ढकालको इजलासले मंसिर २८ मा यस्तो फैसला सुनाएको हो । फैसला प्रमाणीकरण चाहिँ माघ १९ मा भएको थियो ।

तपाईको प्रतिक्रिया