Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – १४ किलो सुन प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले बताए ।

अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।

तपाईको प्रतिक्रिया