Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – १४ किलोग्राम सुन प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको सीआईबीका सहप्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले २१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो । गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

 

तपाईको प्रतिक्रिया