Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार साँझ गृह मन्त्रालयमा बसेको मिटरब्याज पीडित र सरकारबीचको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको छ। आज नेपाल सरकारका प्रतिनिधि र पीडितबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने तयारी रहेको छ ।

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । त्यसपछि आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको थियो । उता, संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया