Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

काठमाडौं – काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आरोपी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ ।

मनकुमारी सिंहले आफूले बेहोसीमा शिशु चोरी गरेको बयान दिएकी छन् । प्रहरी वृत्त सिंहदरबारको थुनामा रहेकी मनिषाले अस्पताल पुगेपछि आफ्नो होस् गुमेको हुँदा बच्चा बोकेर हिँडेको प्रहरीलाई बताएकी छन् । प्रहरीको सोधपुछमा उनले भेनेकी छिन्, ‘अर्काको बच्चा बोकेर कसरी घर पुगें । किन गएँ, केही थाहा नै छैन ? मैले बेहोसीमा पुगेर यस्तो गरें ।’

प्रहरीले बच्चा चोरी भएको १२ घण्टापछि सकुशल उद्धार गर्दै उनलाई पक्राउ गरेको थियो । मनिषाले शुक्रबार काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपलिका–३ घर भई कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठकी शिशु चोरेकी थिइन् ।

तपाईको प्रतिक्रिया