Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – डलर देखाई ठगी गर्ने मनी एक्सचेन्जका सञ्चालक, श्रीमान र श्रीमती पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी डलर देखाई ठगी गर्ने गिरोहमा संलग्न फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक शंकर रेग्मीसहित तीन जनालाई पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार रौतहट चन्द्रपुर नगरपालिका-७ घर भई हाल काठमाडौं महानगर-२६ गल्कुपाखा बस्ने ३७ वर्षीय रेग्मी, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई हाल गोकर्णेश्वर नगरपालिका ४ बस्ने ६० वर्षीय रामबहादुर तामाङ र उनकी ५१ वर्षीया श्रीमती बिबि तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले दम्पत्तीको साथबाट ७१ हजार नेपाली रुपैयाँ र ६०७ अमेरिकी डलर बरामद गरेको छ । त्यस्तै फरेन मनी एक्सचेन्ज सेन्टरका रेग्मीको साथबाट ३ लाख ६५ सय र ५८३ अमेरिकी डलर बरामद गरेको जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौं भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपैयाँ ठगी गर्ने कार्यमा मुख्य योजनाकार तामाङसहित तीन जनालाई शनिबार साँझ पक्राउ गरेको कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । डलर साट्न उनले विभिन्न होटलका सञ्चालकलाई सस्तो दरमा उपलब्ध गराउने भनेर प्रलोभन देखाउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

तपाईको प्रतिक्रिया