Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालका राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

यही फागुन ६ गते मनिषको काठमाडौंस्थित घरबाट ४५ लाख रुपैयाँ चोरी भएको प्रकरणमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका–६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका–६ का २४ वर्षीय राजन श्रेष्ठ रहेका छन् ।

प्रहरी बेलाबेला अनुपको घर गइरहन्थे । सो क्रममा घरको साँचो ढोको नजिकको जुत्तामा राख्ने गरेको देखेपछि उनीहरुले चोर्ने योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया