Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले काठमाडौंमा आन्दोलनरत मिटर ब्याजपीडितहरूलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले पीडितहरूलाई पाँच सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा आउन आह्वान गरेको हो ।

वार्ताका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो ।

लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको समेत उल्लेख छ । पत्रमा पीडितका तर्फबाट पाँच सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।

gr

तपाईको प्रतिक्रिया