Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने र त्यस क्रममा दुई देशबीच ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने नेपाली अधिकारीहरूले बताएका छन्। नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारका सरकार तथा राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ।

पछिल्ला वर्षहरूमा नेपालका दुईजना राष्ट्र प्रमुखहरूले भने कतारको भ्रमण गरिसकेको परराष्ट्र मन्त्रालयले राखेको विवरणमा देखिन्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच “श्रम मामिलासम्बन्धी” केही समझदारी तथा सम्झौता गर्न लागिएको छ।

त्यसका लागि कतिपय समझदारी तथा सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने काम जारी छ। बीबीसीले कुराकानी गरेका नेपाली श्रम तथा कूटनीतिक अधिकारीहरूले दिएको जानकारीअनुसार उक्त भ्रमणका क्रममा नेपाल र कतारबीच विकास साझेदारीसम्बन्धी समझदारीसमेत हुने छन्।

तपाईको प्रतिक्रिया