Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी प्ला जोसको शव निकालेको हो ।

आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर-२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए । उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् ।

शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए । अमेरिकन नागरिकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया