Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तासाझेदार दल कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर सस्तो लोकप्रियतमा लागेको टिप्पणी गरेका छन् । संसदको विशेष समयमा उनले भने, ‘मन्त्रीज्यू, सुधार गर्न लागेको भन्दै झाडु र क्यामेराबाट फोटो खिचेर बाहिर ल्याउनुपर्छ ? सस्तो पपुलारिज्मका लागि कार्यालय सफा गर्न टीभी लिएर गएर क्रान्तिकारी हुने हो ?’

लुम्बिनी विकास कोषमा विवादित व्यक्तिलाई नियुक्त गरेको विषयमा पनि उनले प्रश्न गरे । ‘ल्हारक्याल लामालाई नियुक्त गरेको छ । गौतम बुद्ध शान्तिको दूत । तर, लकरमा गोली राख्नेलाई नियुक्त गर्दा के हालत हुन्छ ? मन्त्रीले व्यक्तिको स्वार्थमा काम गर्न थाले देश कहाँ जान्छ ? कामका आधारमा होइन, दामका आधारमा नियुक्त हुन थाले घोर आपत्ति छ,’ उनले भने ।

नेपाल एयरलाइन्समा ३१ अर्ब सरकारको लगानी रहेको तर ४८ अर्ब घाटामा रहेको उनले बताए । चार वर्षदेखि ब्याज तिर्न नसकेको तर पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारी राखेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया