Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

आजको बैठकमा माओवादी रूपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन/तीनजनाको नाम सार्वजनिक गरिने बताइएको छ ।

साथै स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया