Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – घरेलु मैदानमा जारी आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। त्रिवि मैदान कीर्तिपुरमा दुई टोलीबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। आजको खेल जारी सिरिजको अन्तिम खेल हो। लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो । नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक-एक खेल जितेका थिए । नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएको थियो । नेपाल आफ्नो पछिल्लो खेलमा नामिबियासँग २ विकेटले पराजित भएको थियो । यस्तै जारी शृंखलामा दुई स्कोर कटाउने पहिलो टिम बनेको नामिबियाले त्यसपछिको खेलमा नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको थियो ।

त्यसैले नेपाल र नेदरल्याण्ड्स दुवै टोली अन्तिम खेलमा जित्दै सुखद रुपमा शृखंला सकाउने योजनामा छ । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २-२ खेल जितेका छन् । कीर्तिपुरमै भएको पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमा अलआउट गर्दै २०८ बल बाँकी छँदै ९ विकेटले खेल जितेको थियो । सन् २०२७ मा हुने ओडिआई विश्वकप छनोटको प्रारम्भिक आधारको रुपमा रहेको लिग २ मा कूल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो साइकमला १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सले यस पटक देखि लिग २ खेल्न थालेको हो ।

 

तपाईको प्रतिक्रिया