Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

टोकियो – गल्कोट समाज जापानले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अनलाइन अन्तरक्रिया गर्ने भएको छ । समाजले आउँदो मार्च ८ तारिख शुक्रबारका दिन ‘जुम अनलाइन कार्यक्रम’ गर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विशेषतः जापानमा भर्खरै आएका र आउन चाहनेहरूलाई फाइदा पुगोस् भन्ने हेतु ‘जुम अनलाइन कार्यक्रम’ गर्न लागिएको समाजले जनाएको छ । जापान आउनु पूर्व तयारी र जापान आइसकेपछि जापान बसाईमा अनुशासन कानुनी पाटो र अनुशरण, नेपाली महिलाहरूको गर्भ अवस्था र बच्चा जन्मिएपछिको हेरचाह, जापानमै हुर्कँदै गरेका बालबालिकाहरूको संस्कार, संस्कृति र भाषा सम्बन्धी जान्नुपर्ने कुराहरू बारे सम्बन्धित क्षेत्रका ज्ञाताहरूले अभिमुखीकरण गर्ने समाजले बताएको छ ।

अनलाइन कार्यक्रममा अन्तर्राष्ट्रिय अधिवक्ता डा. बलराम श्रेष्ठले जापान बसाइमा अनुशासन कानूनी पाटो र अनुसरण,  जनस्वास्थ्यविद् डा. एलिजा केसी भण्डारीले जापानमा भूकम्प प्रकोपको पूर्व तयारी, गल्कोट समाजका अन्तर्राष्ट्रिय संयोजक बेलुकाजी थापाले नारी हकहित पदीय जिम्मेवारी र भूमिका र एनआरएनए एसिया प्यासिफिक महिला संयोजक अनिता गुरुङले सामाजिक अभियानमा महिला नेतृत्व र चुनौती विषयमा अभिमुखीकरण गर्ने छन् ।

यसैगरी नेपाल पत्रकार महासंघ जापान शाखाका केन्द्रीय पार्षद् सदस्य मनिषा चौलागाईंले जापानमा नेपाली समुदायमा आत्महत्या बढ्दो क्रममा विषयमा, पत्रकार तथा अनेसास सचिव संगीता कुँवरले जापानमा गर्भावस्था र बच्चा जन्मेपछिको आफ्नो अनुभव राख्नेछिन् भने सामाजिक व्यक्तित्व मेलिसा बास्तोलाले जापानमा हुर्कँदै गरेका बालबालिकाहरूको संस्कार, संस्कृति र भाषाको विषय तथा कास्की समाज जापानका अध्यक्ष तथा जापान विद्यार्थी भिसा विशेषज्ञ कमल बास्तोलाले जापान आगमनका पूर्व तयारी विषयमा जानकारी गराउने समाजले उल्लेख गरेको छ ।

गल्कोट समाज जापान नागोया क्षेत्रीय कार्यसमिति सदस्य शर्मिला बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने तय भएको छ भने गल्कोट समाज जापानकी उपाध्यक्ष चन्द्रा अधिकारी केसीले कार्यक्रम संयोजक तथा सञ्चालन गर्नेछन् ।***

तपाईको प्रतिक्रिया