Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा चोरी भएको बालिका र आमालाई काठमाडौँ सिनामंगल स्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिए पछि उनीहरूलाई शनिवार केएमसी अस्पतालमा भर्ना गरिएको केएमसी अस्पतालका कर्मचारी नारायण दाहालले बताए । उनले अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

शुक्रवार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट २२ वर्षीय सविना श्रेष्ठको बच्चा चोरी भएको थियो । उनी काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–३ घर भई काठमाडौँको कपनमा बस्दै आएकी थिइन् । उनको २२ दिनको छोरी चोरिएको थियो ।

हाल शिशु चोरी गर्ने महिलालाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखिएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया