Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ । मन्त्रालयले उनीहरूको छुट्टी सुनिश्चित गर्नका लागि मस्कोसँग काम गरिरहेको समेत बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो । अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो । विदेश मन्त्रालयले भारतीयहरूले युद्धमा लडाकूको भूमिका निर्वाह गरेका थिए भन्नेबारेमा पुष्टि गरेको छैन तर एक विज्ञप्तिमा भनेको छ, ‘केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ ।’

‘भारतीय दूतावासले नियमितरूपमा उनीहरूको शीघ्र रिहाइका लागि सम्बन्धित रुसी अधिकारीहरूसँग यस मामिलालाई उठाइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै भारतीयसँग उचित सावधानी अपनाउन र यो युद्धबाट टाढा रहन आग्रह गर्दछौँ ।’

भारतीयहरूलाई दुबईस्थित भर्तीकर्ताहरूले उच्च तलब र रुसी पासपोर्टको वाचा गर्दै धोका दिएको दि हिन्दूको रिपोर्टमा आरोप लगाइएको छ । मस्कोमा पुगेपछि भारतीयहरूलाई कथितरूपमा ‘रुसी सेनाबाट हतियार र गोलाबारुद’ सम्हाल्नका लागि प्रशिक्षित गरिएको र जनवरीमा अग्रपङ्क्तिमा पठाइएको थियो ।

अखबारका अनुसार केही भारतीयले कथितरूपमा वर्तमान युद्धमा युक्रेनी बलहरूसँग स्वेच्छिकरूपमा स्वयंसेवा गरेका थिए भने अर्कोतिर उनीहरूको कथित संलग्नताको यो पहिलो ज्ञात उदाहरण थियो । स्वदेश फिर्ताका लागि उनीहरूको ‘बारम्बारको आग्रह’ लाई मस्कोमा भारतीय दूतावासले ‘बेवास्ता’ गरेको एक व्यक्तिले अखबारलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया