Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – जापानी सम्राट नारूहितोको ६४औँ जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस नेपालस्थित जापानी दूतावासले मनाएको छ । शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस दूतावासले मनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालका लागि जापानका राजदूत युताका किकुताले काठमाडौँको ताहाचलस्थित निवासमा एक कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सहरी विकास मन्त्री सीता गुरुङ, पूर्वमन्त्रीहरू, संघीय संसद्‌का सदस्यहरूलगायतहरूको उपस्थिति रहेको थियो ।

‘२०२४ जनवरी १ का दिन जापानमा गएको भूकम्पमा नेपालले देखाएको सहानुभूति र जापानमा रहेका नेपालीहरूले प्रदान गरेको सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु’ राजदूत किकुताले भने ‘सन् २०२६ नेपाल एलडीसीबाट स्तरोन्नति हुने र सोही वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ पनि हुन्छ । स्मरणीय वर्षमा द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास छ ।’जापान-नेपालबीचको जनताको द्विपक्षीय सम्बन्धलाई बलियो भएकाले स्वागत समारोह मनाउन पाउँदा हामी खुसी भएको राजदूत किकुताले बताए । राजदूत किकुता र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले जापानी संस्कृति प्रदर्शन, केन्दो काटा तरवार प्रयोग गरेर जापानी परम्परागत मार्शल आर्ट प्रदर्शन गरेका थिए । कार्यक्रममा ३६० जना उपस्थित भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया